राजनीति


बास्कोटाको कटाक्ष : धरानकाले धारो ल्याएछन्, बालेनले ताला तोड्देछन्

बास्कोटाको कटाक्ष : धरानकाले धारो ल्याएछन्, बालेनले ताला तोड्देछन्

नेपालखबर
जेठ ३०, २०८० मंगलबार १९:३३, काठमाडौँ

नेकपा एमालेका पोलिटब्यूरो सदस्य गोकुल बास्कोटाले मंगलबार साँझका समाचारहरू नकारात्मक भएको टिप्पणी गरेका छन्। 

उनले धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ, काठमाडौंका मेयर बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेप्रति कटाक्ष गर्दै उनले आत्मरतिमा रमाउने खालका काम गरेको बताएका छन्। 

‘धरानकाले धारो ल्याएछन्, बालेनले बन्द ताला तोड्देछन् अनि रविले सम्पूर्ण संरचना बदलिदिने प्रस्ताव पेस गर्दिएछन्,’ सामाजिक सञ्जाल ट्वीटरमार्फत बास्कोटाले भनेका छन्, ‘आज साँझपखका समाचारहरू नकारात्मकता र केवल नकारात्मकतामा र आत्मरतिमा रमाउने भन्दाभित्र लागे है मलाई त।’

उनले अन्तिममा प्रश्न गर्दै भनेका छन्, ‘सकारात्मक थ्रेट पनि मज्जा हुदों रहेछ।सधैंभरि, सबैतिर यस्तै होला?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad