ad ad

राजनीति


स्वदेशी औषधि उद्योगको विकासका लागि नीतिगत सुधार आवश्यक : मन्त्री बस्नेत

स्वदेशी औषधि उद्योगको विकासका लागि नीतिगत सुधार आवश्यक : मन्त्री बस्नेत

नेपालखबर
जेठ २९, २०८० सोमबार १५:११, काठमाडौँ

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतले स्वदेशी औषधी उत्पादन विकासका लागि नीतिगत सुधार गर्न आवश्यक रहेको बताएका छन्। 

स्वास्थ्य पत्रकार मञ्चद्वारा आयोजित ‘नेपाली औषधी उद्योगको विकास र चुनौती’ विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले स्वदेशी औषधी बजारिकरणका लागि नीतिगत सुधारमा कसरत गर्नुपर्ने बताए।

‘बोल्नेको पिठो बिक्छ नबोल्नको चामल पनि बिक्दैन भनेजस्तै अहिले सामान्य वस्तुका लागि पनि छिमेकी मुलुकमा भर पर्ने अवस्थामा स्वदेशी औषधी उत्पादनको बजारिकरणका लागि अझै नीतिगत कुरामै सुधार गर्नुपर्छ’, मन्त्री बस्नेतले भने।

औषधी उत्पादन क्षेत्र मानवीय आवश्यकताको क्षेत्र रहेको भन्दै उनले नेपाल यसमा आत्मनिर्भर बन्नका लागि सबैको साथ र सहयोग चाहिने समेत मन्त्री बस्नेतले बताए। 

यस्तै, कार्यक्रममा बोल्दै नेपाल औषधी महासंघका पूर्वअध्यक्ष दिपक दाहालले नेपालमै आवश्यक औषधि उत्पादन गर्न सक्ने क्षमता भएपछि सकारले भने जति सहयोग नगर्दा अझै पनि ५० प्रतिशतभन्दा बढि औषधी बाहिरबाटै आयात गर्नुपर्ने बाध्यता रहेको सुनाए। 

सरकारले भएका र बनेका नीति कार्यन्वयनमा जोड दिँदै मूल्य समायोजन, उत्पादनका लागि आवश्यक मेशिनको अनुदान तथा इन्सुलिन तथा अत्यावश्यक औषधी उत्पादनकर्तालाई सहलियत प्रदान गर्नु कुरामा उनदे जोड दिए। .

नेपालमा ८० प्रतिशत औषधी उत्पादनको क्षमता हुँदाहुँदै पनि ठूलो संख्याका जनसंख्या औषधी उपचारका लागि विदेश धाउनुपर्ने बाध्यता रहेको नेपाल औषधि उत्पादक संघ (एपोन) का निर्देशक प्रज्वलजंग पाण्डेले बताए। 

‘नेपालमा क्यान्सरका औषधी तथा विभिन्न खोपहरू समेत बनिसकेको अवस्थामा अझैपनि परनिर्भर रहनुपर्ने बेथिती रहेको छ’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .