ad ad

राजनीति


देउवाको आह्वान- गठबन्धनकै कारण कांग्रेस ठूलो पार्टी बन्यो, एकताबद्ध बनौँ

देउवाको आह्वान- गठबन्धनकै कारण कांग्रेस ठूलो पार्टी बन्यो, एकताबद्ध बनौँ

फाइल तस्बिर


नेपालखबर
जेठ २७, २०८० शनिबार १४:३१, काठमाडौँ

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेता, कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न निर्देशन दिएका छन्।

शनिबार नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्य समितिले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले प्रजातन्त्रलाई संकटमा आउन नदिन पनि नेपाली कांग्रेसलाई बलियो बनाउन लाग्नुपर्ने जिकीर गरे। 

‘हाम्रो पार्टी ऐतिहासिक पार्टी छ। २००७ सालदेखि लडदै आएको पार्टी हो। यो पार्टी ग्रासरुट, गाउँसम्म, वडासम्म, टोलसम्म पु¥याएर यो पार्टी मात्रै प्रजातन्त्रलाई अझ बलियो बनाउने यो पार्टी जति बलियो हुन्छ, जति समक्ष हुन्छ,’ देउवाले भने, ‘त्यतिनै मात्रामा देशमा प्रजातन्त्र सुदृढ भएर जान्छ। त्यसपछि मात्रै नेपालमा फेरि प्रजातन्त्रमा संकट आउँदैन। प्रजातन्त्र स्थायी भएर जान्छ।’

साथै, उनले सभापति देउवाले गठबन्धन बनाएर चुनाव लडेका कारण नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टी बन्न पुगेको स्मरण गराए।

‘अहिलेको बेला नेपाली कांग्रेस पार्टीलाई जिल्ला सम्मेलनमार्फत हरेक जिल्लामा हामीले पार्टीको संगठनलाई गाउँगाउँमा, घरघरमा, वडावडामा पु¥याएर यो पार्टीलाई मजदुत बनाउने काममा सबैलाई सफलता मिलोस भन्ने कामना गर्दछु,’ सभापति देउवाले भने, ‘यसो गरियो भने पार्टीको देशभरी नै सगठन बलियो भएर जानेछ।’

सभापति देउवाले पार्टीमा योग्य, जुझारू र गतिशील नेता, कार्यकर्तालाई उचित जिम्मेवारी दिन आफू प्रतिबद्ध रहेको समेत बताए। 

‘अहिले गठबन्धनको सरकार छ। गठबन्धनको सरकार भएको कारणले पनि हो, त्यसले गर्दाखेरी आज हाम्रो पार्टी सबैभन्दा ठूलो पार्टी बनेको छ। यहाँ केही कुराहरु उठेका छन साथीहरू। उठाउनु पनि पर्छ। कुरा  महत्वपूर्ण हुन्।,’ उनले भने, ‘तर, पार्टीमा समानुपातिक प्रतिनिधित्व प्रतिनिधिसभामा हुनका लागि संविधानको संशोधन आवश्यक छ। त्यसका लागि दुई तिहाई बहुमत चाहिन्छ। त्यसका लागि सबै पार्टीहरुमा सहमती हुन जरुरी छ।’

सभापति देउवाले प्रजातन्त्रमाथि फेरी संकट आउन नदिने गरी कांग्रेसलाई बलियो बनाउन देशभर संगठन निर्माणको अभियान संचालन गर्न पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गरे। 

‘यदी सहमती हुन सक्यो भने यी विचारहरू नहुने भन्ने होइन। तर, त्यसका लागि समय लाग्दछ। योग्य, जुझारु साथीहरूलाई हामीले अगाडि बढाउनु पर्छ। त्यसमा लाग्ने कुरा प्रतिवद्धता जनाउन चाहन्छु। हामी सबै एक भएर जाऊ,’ देउवाले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .