राजनीति


कैलाली कञ्चनपुरका हावाहुरी पीडितलाई जनमोर्चाले गर्‍यो सहयोग

कैलाली कञ्चनपुरका हावाहुरी पीडितलाई जनमोर्चाले गर्‍यो सहयोग

नेपालखबर
असार १२, २०७६ बिहिबार १३:५७,

राष्ट्रिय जनमोर्चाले कैलाली र कञ्चनपुरमा आएको विनासकारी हावाहुरीबाट पीडितहरुलाई आर्थिक सहयोग गरेको छ।

बिहीबार अत्तरियामा आयोजित एक समारोहबीच राजमोले सुदूरपश्चिम प्रदेश समितिले नगद सहयोग हस्तान्तरण गरेको हो।

पीडितहरुलाई राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्यद्धय मनोज भट्ट र नन्दराज भट्टले सहयोग रकम हस्तान्तरण गरेका थिए। यूएई नेपाली एकता समाजबाट प्राप्त एक लाख रुपैयाँ सर्वाधिक पीडित परिवारहरुको पहिचान गरी हस्तान्तरण गरिएको राजमो कैलालीका नेता जगत जोशीले बताए।

गत जेठ २३ गते आएको विनासकारी हाजाहुरीका कारण कैलालीमा २ जनाको मृत्यु हुनाका साथै एक सय भन्दा बढी घाइते भएका थिए।

घटनामा ठुलो भौतिक क्षती भएको थियो। तर, पीडितहरुले सरकारबाट उचित राहत पाउन नसकेको गुनासो गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad