नेपाली नागरिकता पाएका चार जना भारतीयको नागरिकता रद्द गर्ने निर्णय नेपाल सरकारले गरेको छ।
असार ५ र ८ मा बसेको मन्त्री परिषदको बैठकले नेपाली नागरिकता लिनेहरुको नागरिकता रद्द गर्ने निर्णय गरेको हो।
सप्तरीबाट नागरिकता लिने जीवनकुमार सिँह, धनुषाबाट नागरिकता धर्मेन्द्र ठाकुर र अजयकुमार ठाकुर, रौतहटबाट नागरिकता जमुना राउत भनी चिनिने यमुना सिँह र कृपाली राउत भनिने चिनिने कृपाली सिँहको नागरिकता रद्द भएको हो।
झुटो विवरण पेश गरी उनीहरुले उपरोक्त जिल्लाका जिल्ला प्रशासन कार्यालयबाट नेपाली नेपाली नागरिकता लिए थिए।
नागरिकता दिलाउने कार्यमा संलग्न व्यक्तिहरूलाई कानुन बमोजिम कारवाही गर्ने निर्णय पनि मन्त्री परिषदले गरेको छ।
3
Shares

प्रतिक्रिया