ad ad

राजनीति


पहिचानवादीसँग वार्ता थाल्न कोशी सरकारले बनायो समिति

पहिचानवादीसँग वार्ता थाल्न कोशी सरकारले बनायो समिति

फाइल तस्बिर


नेपालखबर
जेठ २४, २०८० बुधबार १४:४, काठमाडौँ

कोशी प्रदेश सरकारले त्यहाँ दुई महिनादेखि आन्दोलित पहिचानवादीहरुसँग वार्ता गर्न तीन सदस्यीय समिति बनाएको छ।

प्रदेश नामकरणमा पहिचानलाई लत्याइएको भन्दै आन्दोलितहरुसँग वार्ताका लागि बुधबार तीन सदस्यीय उच्चस्तरीय समिति बनाइएको हो। 

सरकारले खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री तिलकुमार मेन्याङ्बो संयोजक रहने गरी तीन सदस्य वार्ता टोली बनाएको हो।

यो टोलीका सदस्यहरुमा सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी र कृषिमन्त्री भक्तिप्रसाद सिटौला छन्। 

२०७९ फागुन १७ गते प्रदेश १ स्थित प्रदेशसभाको बैठकले त्यहाँको स्थायी नाम बहुमतसहित कोशी पारित गरेको थियो। 

कोशी नामले किराती र लिम्बुहरुको पहिचान नसमेट्ने बताउँदै अर्को नाम राख्न मागसहित पहिचानवादीहरु चरणवद्ध आन्दोलनमा छन्। 

उनीहरुले संघर्ष समिति नै बनाएर आन्दोलन गरिरहेका छन्। यही आन्दोलनका क्रममा बिराटनगरमा तेह्रथुमका पदम लिम्बुले ज्यान गुमाएका थिए।

आन्दोलनका क्रममा पहिचानवादीहरुले मुख्यमन्त्री हिक्मत कार्की र अन्य मन्त्रीहरुमाथि आक्रमण गरिसकेका छन्।

उनीहरुले बिराटनगरकेन्द्रित आन्दोलन पनि गरिरहेका छन्। कोशीविरुद्ध सरकारी कार्यालयका बोर्ड मेटाउने काम पनि उनीहरुले गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .