राजनीति


राष्ट्रपति पौडेलले पठाए पूर्वमन्त्री मिना पाण्डेको परिवारलाई समवेदना

राष्ट्रपति पौडेलले पठाए पूर्वमन्त्री मिना पाण्डेको परिवारलाई समवेदना

नेपालखबर
जेठ २२, २०८० सोमबार १७:३०, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वमन्त्री मीना पाण्डेको परिवारजनलाई समवेदना पठाएका छन्। पाण्डेको ७२ वर्षको उमेरका जेठ १३ गते निधन भएको थियो।

राष्ट्रपति पौडेलले समवेदना सन्देशमा सादा र सरल जीवन शैलीकी धनी पाण्डेका योगदानले हरेक नेपालीलाई प्रेरणा प्रदान गर्ने बताएका छन्। पाण्डेको निधनले लोकतान्त्रिक आन्दोलन र मुलुकलाई अपुरणीय क्षति पुगेको राष्ट्रपति पौडेलले पठाएको समवेदना सन्देशमा उल्लेख छ।

राष्ट्रपति पौडेलले पुरुषहरूलाई समेत आन्दोलनमा होमिन कठिन अवस्थामा पाण्डेले आफूलाई लोकतन्त्रको आन्दोलनमा समाहित गर्नु सबैका लागि गौरवको विषय भएको सन्देशमा उल्लेख गरेका छन्।

राष्ट्रपति पौडेलका तर्फबाट प्रेस सल्लाहकार किरण पोखरेल, राष्ट्रपति पौडेलकी छोरी अवज्ञा पौडेल र संज्ञा पोखरेलले पाण्डेको निवास गौशालामा पुगेर राष्ट्रपतिको शोक सन्देश दिएका हुन्।

पौडेलले पठाएको सन्देशमा भनिएको छ–‘२०३६ सालको जनमत सङ्ग्रह घोषणा गराउन बाध्य पार्ने विद्यार्थी आन्दोलनमा समेत पाण्डेले नेतृत्वदायी भूमिका निर्वाह गरेको सो बेलाको विद्यार्थी आन्दोलनमा पाण्डे पक्राउ परेको मेरो मानसपटलमा अझै ताजै छ।’

विपी, गणेशमानजस्ता नेताहरूले प्रवासको जीवन भोगेको देखेपछि आफूमा थप विद्रोही भावना पलाएको भनेर बेलाबेलामा आफूहरूलाई सुनाउने गरेको पनि राष्ट्रपति पौडेलले समवेदना सन्देशमा उल्लेख गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad