ad ad

राजनीति


ओलीको कटाक्ष : प्रचण्डको भारत भ्रमणको उपलब्धि त्यही १५ वटा राँगा हो

ओलीको कटाक्ष : प्रचण्डको भारत भ्रमणको उपलब्धि त्यही १५ वटा राँगा हो

फाइल तस्बिर


नेपालखबर
जेठ २२, २०८० सोमबार १६:९, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण पूर्णरुपमा विफल भएको बताएका छन्।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सम्बोधनका क्रममा उनले प्रधानमन्त्रीको भारत भ्रमणमा कुनै नयाँ काम नभएको बताएका हुन्। 

‘प्रधानमन्त्रीले साँच्चै ल्याएको चाहिँ १५ वटा राँगा हो’, उनले भने, ‘चढेर ल्याए पनि, हिँडाएर ल्याए पनि, डोर्‍याएर ल्याए पनि त्यही राँगा हो।’

भन्सारमा संयुक्त जाँच चौकी, पेट्रोलियम पाइप लाइनसहितका परियोजना सबै पुरानाो भएको टिप्पणी गरे।

‘अमलेखगञ्जको पेट्रोलियपम पाइपलाइन पुरानै परियोजना हो। कतिकति मिटर गर्दै गरेपछि शिलान्यास गर्नु हुन्छ? ’, उनले भने, ‘यी सबै पहिले नै भएका सहमति हुन्। अहिले प्रधानमन्त्रीले ल्याएको भनेको त्यही राँगा हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .