ad ad

राजनीति


सानो टोलीसहित प्रधानमन्त्री भारत जाने, सीमा र ऊर्जासहितका विषयमा कुरा हुने

सानो टोलीसहित प्रधानमन्त्री भारत जाने, सीमा र ऊर्जासहितका विषयमा कुरा हुने

फाइल तस्बिर


नेपालखबर
जेठ १४, २०८० आइतबार १२:१९, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सानो टोलीसहित भारत भ्रमणमा जाने भएका छन्। 

यही जेठ १७ गतेदेखि चार दिने भारत भ्रमणमा जान लागेका उनीसँग सानो टोली जाने सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताएकी छन्। 

आइतबार बसेको मन्त्रिपरिष्दका निर्णयहरु सार्वजनिक गर्ने क्रममा उनले सकेसम्म सानो र छरितो टोली पठाउने तयारी भइरहेको बताइन्। 

‘भारत भ्रमणमा उठाउने विषयहरूबारे सम्बन्धित मन्त्रालयले तयारी गर्दैछन्। भ्रमण तयारी अन्तिम चरणमा पुगिसकेको छ’, उनले भनिन्, ‘भ्रमणका क्रममा ऊर्जाका विषयमा कुरा हुनेछ। त्यसैगरी हामीबीच रहेका सीमा समस्या छन्, यीबारे पनि कुरा हुनेछ। अन्य विषयमा पनि छलफल हुँदैछ, औपचारिक निर्णय गरेर चाँडै विषय तय गर्ने छौँ।’

मन्त्री शर्माले भारत भ्रमणका एजेन्डा र टोलीबारे सोमबार बस्ने मन्त्रिपरिषद्ले आवश्यक निर्णय लिने पनि बताएकी छन्। 

सम्झौता हुने विषयमा त्यही क्षेत्रका मन्त्री र सचिवहरु भारत जाने पनि उनले बताएकी  छन्। ‘सम्झौता हुने विषय र क्षेत्रमा त्यही क्षेत्रका मन्त्री वा सचिव जान सक्नुहुन्छ’, उनले भनिन्, ‘सकेसम्म सानो र छरितो टोली जानेछ। प्रतिनिधिमण्डल ठूलो नबनाउने कुरा भएको छ। जानैपर्ने मात्रै भारत जानुहुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .