ad ad

राजनीति


रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस

रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस

फाइल तस्बिर


नेपालखबर
जेठ १४, २०८० आइतबार ११:३६, काठमाडौँ

सरकारले टीकापुर हत्याकान्डका मुख्य योजनाकारका रुपमा जेल सजाय भोगिरहेका रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठक उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताएकी छन्। 

५० प्रतिशत सजाय शर्माका अनुसार केही कैदीहरुको सजाय मिनाहा लागि सिफारिसको निर्णय भएको बताइन्। 

‘केही समयअघि सर्वोच्च अदालतले पनि उच्च अदालतले गरेको रेशमजीको सजाय सदर गरिसकेको छ’, उनले भनिन्, ‘उहाँले ५० प्रतिशत सजाय कटाइसकेकाले बाँकी सजाय माफी मिनाहाको निर्णय भएको हो। अन्य केही कैदीको पनि सजाय माफी मिनाहाको निर्णय भएको छ।’

शर्मा अनुसार कानुनी परामर्श र राय सुझाव लिएपछि यो निर्णय कानुन अनुसार ठीक भन्ने ठहरसहित रेशमको सजाय माफीका लागि सिफारिस गरिदिएको बताएकी छन्। 

यसअघि जेठ १२ गते राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीलाई आममाफीका लागि पठाइएको फाइल कार्यार्थ गृह मन्त्रालयमा पठाइदिएका थिए। 

सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका चौधरीलाई आममाफीका लागि सरकारले पठाएको फाइल उनले रायसुझावसहित गृह मन्त्रालयमा पठाइदिएका थिए। 

‘रेशम चौधरीको आममाफीका सम्बन्धमा प्रचलित कानुन, यससम्बन्धी अदालतबाट फैसला र सर्वोच्च अदालतद्वारा प्रतिपादित सिद्धान्तविपरीत नहुने गरि कानुनबमोजिम गर्न' भनेर राष्ट्रपति कार्यालयले गृहमन्त्रालयमा फाइल फिर्ता गरेको थियो। 

त्यसबेला टीकापुरमा हत्या गरिएका नेपाल प्रहरीका इन्स्पेक्टर केशव बोहराकी पत्नी शारदाले दिएको निवेदनलाई पनि राष्ट्रपति कार्यालयले गृहमन्त्रालयमा कार्याथ पठाएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .