आइतबार १ बजेलाई बोलाइएको प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी स्थगित गरिएको छ।
अर्को बैठक माघ ६ गते दिउँसो १ बजे बोलाइएको छ।
सत्तारुढ नेकपामा सभामुख चयनको विवाद सल्टिन नसकेपछि प्रतिनिधिसभा बैठक प्रभावित भएको हो।
नेकपा नेतृत्वले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा दिन आग्रह गरेको थियो। तर, उनले राजीनामा नदिने अडान लिएकी छन्।

प्रतिक्रिया