ad ad

राजनीति


रघुजी पन्तको प्रश्न : कक्षा १० को पाठ्यक्रमबाट सन्दुक रुइतको जीवनी किन हटाइयो?

रघुजी पन्तको प्रश्न : कक्षा १० को पाठ्यक्रमबाट सन्दुक रुइतको जीवनी किन हटाइयो?

नेपालखबर
जेठ ९, २०८० मंगलबार १३:५८, काठमाडौँ

प्रतिनिधि सभा सदस्य रघुजी पन्तले कक्षा १० को नेपाली विषयको पाठ्यक्रमबाट सन्दुक रुइतको जीवनी हटाइएको भन्दै शिक्षामन्त्रीसँग हटाइनुको कारण माग गरेका छन्।

मंगलबार प्रतिनिधि सभाको शून्य समयमा धारणा राख्दै नेकपा एमालेका नेता पन्तले सो धारणा राखेका हुन्।

उनले भने, ‘कक्षा १० को नेपाली पाठ्यक्रममा डा. सन्दुक रुइतको बारेमा लेखिएको ८ पृष्ठको जीवनी पढाइन्थ्यो। त्यो पाठ्यपुस्तकबाट हटाइयो। डा. सन्दुक रुइतको जीवनी, उहाँको कारणले हाम्रो देशको इज्जत बढेको छ। त्यो जीवनी पढाउन आवश्यक भएर राखिएको थियो। किन त्यो जीवनी हटाइयो शिक्षामन्त्रीले यसबारेमा स्पष्ट जवाफ दिनुहोस्।’

यस्तै, उनले कालिकोटको पतालझरना गाउँपालिकामा माओवादी जनयुद्ध बारे, त्यसको सकारात्मक प्रभावबारे विभिन्न अध्याय राखेर पठनपाठन गराइएको भन्दै असन्तुष्टि जनाए।

उनले भने, ‘कालिकोटको पतालझरना गाउँपालिकामा जहाँ प्रधानमन्त्रीको पार्टीले चुनाव जितेको छ। त्यहाँ ६ देखि ८ कक्षासम्मको पाठ्यक्रममा सशस्त्र द्वन्द माओवादी जनयुद्ध बारे, त्यसको सकारात्मक प्रभावबारे विभिन्न अध्याय राखेर कोर्सबुकमा राखिएको छ। यो काम कसैले पनि नगरौँ। एमालेले झापा बिद्रोह बारे, कांग्रेसले १८ सालको सशस्त्र संघर्ष बारे, राप्रपाले पञ्चायत र राजतन्त्र बारे कोर्स बुकमा राख्नथाल्यो भने आ–आफूले?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .