ad ad

राजनीति


माओवादीले छाड्यो मधेश प्रदेश सरकार

माओवादीले छाड्यो मधेश प्रदेश सरकार

नेपालखबर
जेठ ९, २०८० मंगलबार १३:५४, काठमाडौँ

नेकपा माओवादी केन्द्रले जनता समाजवादी पार्टी नेतृत्वको मधेश प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ।

मुख्यमन्त्री सरोज यादवले गरेको मन्त्रिपरिषद् विस्तारमा असन्तुष्टि जनाउँदै माओवादी मधेश प्रदेश संसदीय दलले सरकार छाड्ने निर्णय लिएको हो।

माओवादी मधेश प्रदेश संसदीय दलका नेता भरतप्रसाद यादवले जसपा नेतृत्वको सरकारले चोरबाटोबाट सरकार विस्तार गरेको भन्दै बाहिरिने निर्णय लिएको नेपालखबरलाई बताए। 

‘हामीले आजै दलको बैठक राखेर सरकारबाट बाहिरिने निर्णय गरेका छौँ’, साहले भने, ‘जसपा नेतृत्वको सरकारले चोरबाटोबाट मन्त्रिपरिषद् विस्तारको निर्णय लिएको छ। त्यसको विरोधमा हामीले सरकार छाड्ने निर्णय लिइसकेका छौँ।’

मुख्यमन्त्री यादवले मंगलबार मात्रै नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीलाई पनि समेटेर मन्त्रिपरिषद् विस्तार गरेका थिए। 

सरकार विस्तारका क्रममा माओवादी केन्द्रले दुईवटा मन्त्रालयमा दाबी गरेको थियो। तर उसको दाबीअनुसार गठबन्धनमा भागबन्डा मिल्न सकेको थिएन। 

मुख्यमन्त्री यादवले मन्त्रिपरिषद् विस्तारका क्रममा नेपाली कांग्रेसका कृष्णप्रसाद यादवलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र वीरेन्द्र कुमार सिंहलाई स्वास्थ्यमन्त्रायको जिम्मेवारी दिएका छन्। 

यस्तै नेकपा एकीकृत समाजवादीका प्रदेशसभा सदस्य गोविन्दप्रसाद न्यौपानेलाई विनाविभागीयमन्त्रीको जिम्मेवारी दिइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .