ad ad

राजनीति


नौ दिनपछि संसदमा झुल्किइन् मञ्जु खाँण (तस्बिरहरु)

नौ दिनपछि संसदमा झुल्किइन् मञ्जु खाँण (तस्बिरहरु)

संसद् बैठकमा सहभागी मञ्जु खाँण। तस्बिर : सरोज बैजु


सरोज बैजु
जेठ ५, २०८० शुक्रबार १७:७, काठमाडौँ

पति एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँण नक्कली शरणार्थी प्रकरणमा वैशाख २७ गते पक्राउ परेपछि गायब नेपाली कांग्रेसकी सांसद मञ्जु खाँण ९ दिनपछि संसद् बैठकमा देखिएकी छन्।

कांग्रेस नेतृसमेत रहेकी उनी पति पक्राउ परेदेखि गायब भएकी थिइन्। तर उक्त प्रकरणमा प्रहरीले मुद्दा नचलाउने सूचना पाएसँगै उनी फेरि संसद् बैठकमा झुल्किएकी हुन्।

उक्त प्रकरणमा मञ्जुले साढे ६ करोड बुझेको दाबीसहितको बिचौलियाको अडिओ सार्वजनिक भएको थियो। त्यसमा अझै पनि छानबिन भइरहेको प्रहरीको भनाइ छ।

जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएका पति बालकृष्णलाई भेट्न समेत नपुगेकी उनी ९ दिनपछि संसदमा भने पुगिन्।

अहिले राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहेका छन्।  

नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका खाँण वैशाख २७ गते पक्राउ परेलगत्तै मञ्जु सम्पर्कविहीन थिइन्। 

केही सञ्चारमाध्यमहरुले उनी भारतको बाटो हुँदै तेस्रो मुलुकमा लुक्न पुगेको दाबीसहितको समाचार लेखेका थिए। 

तर मञ्जुसहित नक्कली शरणार्थी प्रकरणमा जोडिएका केही उच्च पदस्थविरुद्ध प्रहरीले मुद्दा नचलाउने गरी अनुसन्धान अघि बढाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .