ad ad

राजनीति


समयमै मल ल्याउन भारतसँग खरिद सम्झौता भइसकेको छ : प्रधानमन्त्री

समयमै मल ल्याउन भारतसँग खरिद सम्झौता भइसकेको छ : प्रधानमन्त्री

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूसँगको प्रश्नोत्तरमा सहभागी हुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड। तस्बिर : सरोज बैजु


नेपालखबर
जेठ ४, २०८० बिहिबार १४:५७, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहालले समयमै मल उपलब्ध गराउन भारत सरकारसँग मल खरिदको सम्झौता भइसकेको बताएका छन्।

बिहीबार प्रतिनिधि सभा बैठकमा प्रतिनिधि सभा सदस्य अनिता देवीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले भारत सरकारसँग मल खरिदको सम्झौता भइसकेको बताएका हुन्। 

उनले यस वर्ष समयमै मल, बिउ उपलब्ध गराउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको पनि बताए। सम्बन्धित मन्त्रालयबाट काम अगाडी बढिसकेको पनि उनले संसदमा जानकारी गराएका छन्। 

‘सर्वसुलभ तरिकाले रासायनिक मल उपलब्ध गराउन, रासायनिक मलमा अनुदान दिनुकोसाथै भारत सरकारसँग मल खरिदको सम्झौता भइसकेको जानकारी गराउन चाहन्छु,’ उनले भने, ‘यस वर्ष समयमै मल, बीउ उपलब्ध गराउन मैले बेलैमा कृषि मन्त्रालय लगायत सम्बन्धित मन्त्रालयलाई निर्देशन दिइसकेको छु। कृषि मन्त्रालयबाट यस सम्बन्धी कार्य अगाडी बढी पनि सकेको छ। यस वर्षको नीति, कार्यक्रम र बजेटमा कृषिलाई र किसानहरुको हीतलाई अनि उत्पादन र रोजगारी सृष्टिको कुरालाई उच्च प्राथमिकता दिइने कुरा पनि म जानकारी गराउन चाहन्छु।’

प्रधानमन्त्री दाहालले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा कृषिलाई र किसानहरुको हितलाई उच्च प्राथमिकता दिइने स्पष्ट पारे।

त्यस्तै, उत्पादन र रोजगारी सृष्टिको कुरालाई पनि उच्च प्राथमिकता दिइने उनको भनाई छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .