ad ad

राजनीति


ज्येष्ठ सदस्यको अध्यक्षतामा १० वटै संसदीय समितिको बैठक सुरु

ज्येष्ठ सदस्यको अध्यक्षतामा १० वटै संसदीय समितिको बैठक सुरु

नेपालखबर
जेठ २, २०८० मंगलबार ११:१७, काठमाडौँ

प्रतिनिधिसभा गठन भएको ६ महिनापछि अर्थात् मंगलबार (आज) देखि संसदीय समिति क्रियाशील भएका छन्।

प्रतिनिधि सभाअन्तर्गत दशवटा विषयगत समितिहरूको बैठक सिंहदरबारास्थित आ-आफ्नो कार्यालयमा जारी छ। सबै समितिहरूको बैठकको सभापतित्व समितिका ज्येष्ठ सदस्यहरूले गरेका छन्।

सार्वजनिक लेखा समितिको सभापतित्व समितिका ज्येष्ठ सदस्य नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले गरेका छन्।

पूर्वाधार विकास समितिको सभापतित्व नागरिक उन्मुक्ति पार्टीका सांसद लालवीर चौधरी र अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतित्व राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति समशेर जबराले गरेका छन्।

त्यसैगरी उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापतिमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद रणेन्द्र बराइली, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा जनता समाजवादी पार्टीका सांसद नवल किशोर साह, शिक्षा तथा स्वास्थ्य समिति सभापतिमा नेकपा एमालेका सांसद कालुराम राईले सभापतित्व गरेका छन्।

राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसी छन्।

त्यस्तै, कानून, न्याय तथा मानव अधिकार समिति बैठकको सभापतित्व नेपाली कांग्रेसका सांसद शेरबहादुर देउवा, महिला तथा सामाजिक मामिला समितिको सभापतित्व राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्की र अर्थ समितिको सभापतित्व नेपाली काँग्रेसका सांसद सन्तोष चालिसेले गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .