जनता समाजवादी पार्टी, नेपालले विधान अधिवेशनमा प्रतिनिधि छनौट गर्न पार्टी समिति र संगठनहरुले पालना गनुपर्ने नियमहरु बनाएको छ।
विभिन्न पार्टी समिति, भ्रातृसंगठन र पेसागत संगठनहरुलाई प्रतिनिधि छान्नका लागि ६ बुँदे नियम पालना गनुपर्ने बताइएको छ।
छनौट हुने प्रतिनिधि कम्तिमा ५ वर्ष निरन्तर पार्टी सदस्य भई कार्य गरेको हुनुपर्ने छ। प्रतिनिधि चयन गर्दा सम्बन्धित पार्टी समिति वा संगठनको बैठकबाट निर्णय गनुपर्ने छ।
भ्रातृसंगठनबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि आफू सम्वद्ध संगठनमा कम्तिमा ५ वर्ष निरन्तर संगठित भई कार्य गरेको र पार्टी सदस्यता प्राप्त गरेको हुनुपर्ने छ।
निर्वाचन वा अन्य समयमा पार्टी अनशासन उल्लङ्घन गरी पार्टी बिरोधी गतिविधिमा संलग्न भएको व्यक्ति विधान अधिवेशन प्रतिनिधि हुन नपाउने जसपा प्रचार प्रसार विभागले जनाएको छ।
Shares
प्रतिक्रिया