राजनीति


एमाले केन्द्रीय कमिटीको बैठक आजदेखि, यस्ता छन् एजेन्डा

एमाले केन्द्रीय कमिटीको बैठक आजदेखि, यस्ता छन् एजेन्डा

फाइल तस्बिर


नेपालखबर
बैशाख २८, २०८० बिहिबार ६:५६, काठमाडौँ

नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज (वैशाख २८ गते) सुरु हुँदै छ।

तीन दिनसम्म चल्ने बैठक पार्टीको केन्द्रीय कार्यालय (च्यासल) मा बिहान ११ बजे सुरु गर्ने तयारी रहेको एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले जानकारी दिए। 

उनका अनुसार बैठकको मूल एजेन्डा पार्टीले देशभर २ महिनासम्म सञ्चालन गरेको ‘मिसन ग्रासरुट अभियान’को समीक्षा हो।

‘यस्तै सचिवालय बैठकका निर्णय अनुमोदन, भ्रष्टाचारको विषय पनि अलि उठ्छ, एउटा प्रस्ताव पारित हुन्छ’, उनले भने। नक्कली शरणार्थी प्रकरणमा मुछिएका टोपबहादुर रायमाझीलाई भने एमालेले बुधबारै सचिव पदबाट निलम्बन गरिसकेको छ। 

बैठकको पहिलो दिन आज मूलतः सातवटा भौगोलिक प्रदेश र २ गैरभौगोलिक प्रदेशको प्रतिवेदन पेस हुने तामाङले जानकारी दिए। 

केन्द्रीय कमिटी बैठकका लागि एजेन्डा गत मंगलबार पार्टी केन्द्रीय कार्यालयमै बसेको एमाले सचिवालय बैठकले तय गरेको थियो। 

वैशाख ३० गतेसम्म चल्ने केन्द्रीय कमिटीको बैठकमा अनुशासन आयोग, लेखा आयोग र केन्द्रीय सल्लाहकार परिषद्ले केन्द्रीय कमिटीमा प्रतिवेदनसहित आफ्ना कुरा राख्ने, प्रदेशको वार्षिक कार्ययोजना निर्माण, केन्द्रीय कमिटीका सदस्यहरूलाई वर्षको एकपटक फरक भूगोलमा खटाउनेलगायत एजेन्डा छन्। 

एमाले केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार बैठकमा १० वटा कार्यसूचीमा छलफल भएर निर्णय हुने तय भएको छ। 

बैठकमा ३३५ (दुई निलम्बित) सदस्य, ४ जना केन्द्रीय निकायका अध्यक्ष र ९ जना प्रदेश कमिटी अध्यक्ष (दुई गैरभौगोलिक) सहभागी हुनेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .