ad ad

राजनीति


ठूला भवन र भ्यूटावरलाई विकास ठान्ने गलत अभ्यास सच्याउनुपर्छ : राउत

ठूला भवन र भ्यूटावरलाई विकास ठान्ने गलत अभ्यास सच्याउनुपर्छ : राउत

नेपालखबर
बैशाख २६, २०८० मंगलबार १५:५६, काठमाडौँ

जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउतले सरकारले आगामी बजेट मानव केन्द्रित विकासलाई प्राथमिकता दिएर ल्याउनुपर्ने बताएका छन्।

मंगलवार प्रतिनिधि सभा चलिरहेको विनियोजित बजेट २०८० को सिद्धान्त र प्राथमिकता माथिको छलफलमा भाग लिँदै अध्यक्ष डा.राउतले यस्तो बताएका हुन्।

सरकारले अहिलेसम्म मानव केन्द्रित भन्दा पनि अनावश्यक क्षेत्रमा खर्च गरिरहेको बताए। उनले विगत लामो समयदेखि विकासको गलत मोडल अभ्यास गर्दै आएको बताए। उनले गलत विकास मोडलको अभ्यास गर्दा विकास भनेकै ठूला–ठूला भवन, विमानस्थल र सडकहरु भन्ने भाष्य कायम रहेको बताए।

उनले प्रहरीका कर्मचारीहरु तलव नपाएर रोइरहेको अवस्था रहेको भन्दै यता सरकार एयर ट्राफिक नभएका ठूला–ठूला अन्तर्राष्ट्रिय विमानस्थलहरुमा ऋण लिएर भएपनि बनाउने तयारी गर्नु गलत भएको बताए।

उनले भने, ‘प्रहरीका कर्मचारीहरु तलव नपाएर रोइरहेको अवस्था छ । यता सरकार एयर ट्राफिक नभएका ठूला–ठूला अन्तर्राष्ट्रिय विमानस्थलहरुमा ऋण लिएर भएपनि बनाउने तयारीमा छौं। नागरिकलाई स्वास्थ्य उपचार दिन सकेको छैनौं। यता सरकार ठूला भ्युटावरहरु बनाउँदै गइरहेका छौं। सडकमा प्रतिघण्टा १०० सवारी गुड्दैन त्यसलाई सरकार हेरक सडकलाई ४ लेन बनाउनुपर्छ भनेर लहलहीमा लाग्दैछौं।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .