ad ad

राजनीति


नक्कली शरणार्थी प्रकरणलाई सामान्य अपराधका रूपमा नलिइयोस् : मीन विश्वकर्मा

नक्कली शरणार्थी प्रकरणलाई सामान्य अपराधका रूपमा नलिइयोस् : मीन विश्वकर्मा

नेपालखबर
बैशाख २४, २०८० आइतबार ८:२४, काठमाडौँ

लाखौँ रुपैयाँ लिएर नक्कली भुटानी शरणार्थी बनाई नागरिकलाई तेस्रो मुलुक पठाउने घटना आर्थिक भ्रष्टाचार मात्र नभएर विश्वसामु देशको शिरै निहुर्‍याउने कार्य भएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माले बताएका छन्। 

त्यसैले त्यस प्रकरणमा संलग्नलाई कुनै दबाब र प्रभावनमा नपरी कडा कानुनी कारबाही गर्न उनले सरकारसँग अनुरोध पनि गरेका छन्। 

‘सयौं नक्कली भुटानी शरणार्थी खडा गरी तेस्रो मुलुक पठाउने घटना आर्थिक भ्रष्टाचार मात्रै नभएर सरकारी संयन्त्र नै दुरुपयोग गरी नेपालको  राष्ट्रिय साखलाई नै समाप्त गरेर अन्तर्राष्ट्रिय समुदायसामु गम्भीर अविश्वास अनि लज्जाबोध गराएको छ’, सांसद विश्वकर्माले भनेका छन्, ‘यसलाई सामान्य अनियमितता र अपराधको रूपमा नलिइयोस्। गहिरो अध्ययन, अनुसन्धान होस्।’

तर कारबाहीका नाममा कसैप्रति कुनै पनि किसिमको पूर्वाग्रह नराख्न पनि उनले सचेत गराएका छन्। 

‘कसैमामाथि कुनै व्यक्तिगत वा अन्य कुनै पूर्वाग्रह पनि नदेखियोस्’, उनले भनेका छन्, ‘जनताले विश्वाश गर्ने भरपर्दो विधि प्रक्रियाबाट कसैको कुनै दबाब प्रभावमा नपरी अपराधीलाई कानुनी कठघरामा उभ्याइयोस्।’

उक्त प्रकरणमा केही दिनअघि नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा गृहमन्त्री भएका बेला सुरक्षा सल्लाहकार रहेका इन्द्रजित राई र एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई प्रहरीले पक्राउ गरिसकेको छ भने टोपबहादुरलाई पनि पक्राउ गर्न प्रहरीले खोजिरहेको छ। 

यस्तै तत्कालीन गृहमन्त्री बादलका छोरा प्रतीक र इन्द्रजितका छोरा निरजविरुद्ध पनि पक्राउ पुर्जी जारी भइसकेको छ। उनीहरू हाल फरार छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .