ad ad

राजनीति


‘लोकतान्त्रिक प्रणाली नेकपाका शीर्ष नेताको निरंकुशतामा’

‘लोकतान्त्रिक प्रणाली नेकपाका शीर्ष नेताको निरंकुशतामा’

नेपालखबर
पुस २४, २०७६ बिहिबार १०:५,

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवले सभामुख चयनको प्रक्रिया अबिलम्ब अघि बढाउन माग गरेका छन्।

राष्ट्रियसभाको बिहीबार बसेको बैठकको विशेष समयमा बोल्दै उनले सभामुख चयनको प्रक्रिया अघि बढ्न नसक्दा राजनैतिक र संबैधानिक प्रश्न उठ्नुको साथै विधायीकाको मानहानी भएको तत्काल सभामुख चयन प्रक्रिया अघि बढाउन माग गरेका हुन्। उनले संबैधानिक व्यवस्था र समग्र लोकतान्त्रिक प्रणाली नै नेकपाका शीर्ष नेताको निरंकुशतावादमा पर्दै गएको आरोप लगाए।

उनले भने, ‘यो मुलुकमा सभामुखको निर्वाचन या प्रदेशको नामाकरण संविधानको अक्षर र भावनाको आधारमा हुने वा नियमावलीको स्प्रीडमा हुने कि पार्टीको नाममा एउटा दुईटा शिर्ष नेताहरुको निरंकुशताको बन्दी हुने? यो निकै गम्भीर राजनैतिक र संवैधानिक प्रश्न तेर्सिएको छ।’ उनले संविधान, संंघीय संसद र प्रदेशसभा नियमावलिले देशमा प्रधानमन्त्रीको निर्वाचन, मन्त्रिपरिषद् गठन, प्रदेशसभाको राजधानी र प्रदेशको नामाकरण कसरी हुने भन्ने स्पष्ट रुपमा परिभाषित गरेको भन्दै संविधान र लोकतान्त्रिक प्रणालीलाई आत्मसाथ गर्न सरकारलाई सचेत गराए।

प्रदेश नक्म्बर ३ को सन्र्दभमा सत्ताधारी पार्टीका एकजना सभासद्ले ‘या त मेरा अगाडि बिष पिउने वा पार्टी छोड्ने अवस्था आईपरेको छ’ भनेर वक्तव्य आएको उल्लेख गर्दे उनले संविधानले दिएको अधिकारलाई कुनै पार्टी र पार्टीका शिर्ष नेताले हनन गर्न नमिल्ने तर्क गरे।

उनल भने, ‘प्रतिनिधिसभा र संघीय संसदको मानहानी भईरहेको छ अध्यक्ष महोदय, अदालतमा जानसक्छ यो मुद्दा। हाम्रो प्रतिष्ठा, गरिमा, राज्यका तीन अंग मध्यको यो विधायीका संसदको प्रतिष्ठा र अधिकारको डिभ्यालुयसन भईरहेको छ। मैले सुनेको थिएँ। कम्युनिष्ट पार्टी भित्र केन्द्रीय समितिको नाममा पोलिटव्युरोले, पोलिटब्युरोको नाममा स्ट्याण्डिङ कमिटीले, स्ट्याण्डिङ कमिटीको नाममा सचिवालयले र सचिवालयको नाममा एउटा वा दुईवटा महासचिव या अध्यक्षले निर्णय गर्ने गर्दछन्। र आम पार्टी कार्यकर्ता आसु बगाएर बस्नुपर्ने स्थिति हुन्छ। आज त्यही अवस्था देखिरहेको छु यो मुलुकमा। म माग गर्दछु नेकपाको संविधान र लोकतन्त्रप्रति यदि साच्चीकै आस्था छ भने यो समस्यालाई अब धेरै दिन अड्काएर राख्न हुँदैन। इमिडेट यजसुनयज पोसिवल सभामुखको निर्वाचन प्रक्रियालाई अगाडि बढाउनुपर्छ। र प्रदेश ३ लाई नियमावलि अनुसार प्रदेशको नामाकरण र राजधानी कहाँ हुने भन्ने कुरा निर्णय गर्ने अधिकार दिनुपर्छ।’

उनले विधि र प्रक्रिया अनुसार अघि बढ्न सरकार र सत्तारुढ पार्टी नेकपाको ध्यानाकर्षण गराए। उनले जनताको बहुदलीय जनवादको नारा अघि सारेको नेकपालाई सही अर्थमा लोकतन्त्रप्रति प्रतिवद्ध रहेको प्रमाणित गरेर देखाउन आग्र गरे।

उनले भने, ‘विधि र प्रक्रियाप्रतिको मेरो ध्यानाकर्षण हो। संबैधानिक व्यवस्थालाई मान्ने कि नमान्न? लोकतान्त्रिक विधि र प्रक्रियालाई मान्ने कि नमान्ने? जनताको बहुदलीय जनवादको चुरोलाई मान्ने कि नमान्ने नेकपाले अब? कि छोड्यो त्यो बाटो? के साच्ची कै त्यो बाटो छोड्यो? अब गयो अर्को बाटोमा? एकदलीय तानाशाहीको बाटोमा गयो? एक नेताको तानाशाहीको बाटोमा गयो त? त्यो कुरा भन्न सक्नुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .