राजनीति


नयाँ–पुराना सबै नेताहरू चोर हुन् : मेयर बालेन्द्र शाह

नयाँ–पुराना सबै नेताहरू चोर हुन् : मेयर बालेन्द्र शाह

नेपालखबर
बैशाख १९, २०८० मंगलबार २२:६, काठमाडौँ

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नयाँ पुराना सबै नेताहरू चोर भएको टिप्पणी गरेका छन्। सामाजिक सञ्जालमार्फत एक स्टाटस लेख्दै उनले नेताहरूलाई देशको माया नभएको टिप्पणी गरेका हुन्। 

‘नयाँ , पुरानो सबै नेताहरु चोर हुन्,’ मेयर शाहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कसैलाई देशको माया छैन।’

यसअघि पनि उनले सामाजिक सञ्जालमार्फत विवादास्पद अभिव्यक्ति दिँदै आएका छन्।

उनले सरकारलाई कुनै इज्जत नगर्ने स्टाटस सामाजिक सञ्जलमार्फत लेखेका थिए। साथै, उनले सिंहदरबारको फोहोर सफा गर्न नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्ने पनि लेखेका थिए।

मेयर शाहको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै अराजक र गैरजिम्मेवार अभिव्यक्ति दिएको निश्कर्ष निकालेको थियो। 

एक वर्षअघि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पनि सार्वजनिक कार्यक्रममार्फत नै जनताले नेताहरुलाई चोर भन्ने गरेको बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .