ad ad

राजनीति


इराकलाई पूर्व सूचना दिएरै अमेरिकी सैन्य क्याम्पमा इरानको आक्रमण

इराकलाई पूर्व सूचना दिएरै अमेरिकी सैन्य क्याम्पमा इरानको आक्रमण

नेपालखबर
पुस २३, २०७६ बुधबार ११:१९,

इरानले आफ्ना कमान्डर कासिम सुलेमानीको बदला लिन इराकमा आक्रमण गर्ने सूचना दिए पनि कहाँ आक्रमण हुनेबारे इराकलाई थाहा नदिएको महदीको भनाइ छ।

इरानले मौखिक सूचना दिँदै सीमित स्थानमा आक्रमण हुने बताएपछि इरानले खतराबाट बच्न आवश्यक कदम चालेको थियो।

महदीले बुधबार सार्वजनिक गरको विज्ञप्तीमा भनिएको छ,‘बुधबार मध्यरातमा हामीलाई इरानले आफ्ना कमान्डर मारिएको बदला लिने भन्दै इराकमा आक्रमण गर्ने भनेर मौखिक सूचना आयो। आक्रमण कहाँ हुने भनेर सूचना नदिएपछि हामीले खतराबाट बच्न आवश्यक कदम चाल्यौं।’

इरानले अमेरिकी सैन्य बेस क्याम्प लक्षित आक्रमण गरेको आफूलाई पछि थाहा भएको उनले बताएका छन्।

विज्ञप्तीमा महदीले भनेका छन्,‘इराकले इरानी आक्रमणको निन्दा गर्दछ। इरानले हाम्रो सार्वभौमिकतालाई कुल्चदै हाम्रा भूमिमा आक्रमण गरेको छ। हामी यस्ता आक्रमणलाई स्वीकार्दैनौं।’

यसअघि अमेरिकाले इराकस्थित हिज्बुल्लाहको लडाकु शिविरमा आक्रमण गर्दा समेत इराकले आफ्नो सार्वभौमिकतामा खलल पुगेको बताएको थियो। सीएनएन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .