बारा-२ मा भएको उपनिर्वाचनमा खसेको ६९ हजार १०७ मध्ये ५६ हजार ३२८ मत गनेर सकिएको छ।
४२ हजारपछिको गणनामा ५२ हजारसम्म जनमतका शिवचन्द्र कुशवाहाले ठूलो संख्यामा मतान्तर घटाएका थिए। तर पछिल्लो ४ हजार मत गणनामा भने मतान्तर स्थिर देखिएको छ।
अहिलेसम्म जसपाका उपेन्द्र यादवले २२ हजार ८९५ मत पाएका छन्। उनलाई पछ्याइरहेका जनमतका कुशवाहाले २० हजार १५२ मत प्राप्त गरेका छन्। पछिल्लो मतगणनामा कुशवाहाले उल्लेख्य मत प्राप्त नगर्दा मतान्तर स्थिर देखिएको छ। दुईबीच २ हजार ७४३ ले मतान्तर रहेको छ।
यसैगरी ६ हजार ७१५ मतसहित नेकपा एमालेका पुरुषोत्तम पौडेल तेस्रोमा छन्।
पचरौता, सुवर्ण, करैयामाई र कोल्हवी ८ को मतगणनामा निकै पछि परेका कुशवाहा महागढीमाई नगरपालिकाको सुरुवाती मतगणनामा मतान्तरलाई ह्वात्तै झारेका थिए। यहाँ कुल २१ हजार मत रहेकोमा पछिल्लो ४ हजार मत गणना हुँदा दुईबीच मतान्तर घट्न सकेन।
Shares
प्रतिक्रिया