बारा क्षेत्र नं २ मा जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग मतान्तर घटाउँदै लगेका छन्।
५० हजार १६१ मत गणना हुँदा जसपाका यादव २० हजार ४६३ मतसहित अगाडि छन्।
उनलाई पछ्याइरहेका कुशवाहले १७ हजार ७९८ मत ल्याएका छन्। कुशवाहाले यादवसँगको अग्रता घटाउँदै २ हजार ६६५ मतमा झारेका छन्।
यहाँ नेकपा एमालेका पुरुषोत्तम पौडेलले ६ हजार १२१, रास्वपाका रमेश खरेलले २ हजार४६६ मत ल्याएका छन्।
यस्तै, आम जनता पार्टीका उम्मेदवारको २ हजार १७७ मत आएको छ।
६९ हजार १०७ मत खसेकोमा अब झण्डै १८ हजार मत गणना गर्न बाँकी छ।
465
Shares
प्रतिक्रिया