चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता फराकिलो बनाउँदै लगेका छन्।
पछिल्लो मतपरिणाम अनुसार लामिछानेले २४ हजार १३६ मत प्राप्त गरेका छन्।
निर्वाचन आयोगका अनुसार यहाँ अहिलेसम्म ३६ हजार ९८७ मत गणना भइसकेको छ।
नेपाली कांग्रेसका जित नारायण श्रेष्ठ ५ हजार ३२१ मतसहित दोस्रो स्थानमा छन्।
त्यस्तै, नेकपा एमालेका रामप्रसाद न्यौपाने ४ हजार ७७२ मतसहित तेस्रो स्थानमा छन्।
126
Shares

प्रतिक्रिया