बारा क्षेत्र नम्बर २ को ३२ सय ४१ मत गनिसक्दा जनमत पार्टीका शिवचन्द्र कुशावाहले अग्रता बनाइरहेका छन्।
सुरुवाती दुई नतिजामा अगाडि रहेका जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव अहिले दोस्रो नम्बरमा छन्।
कलैयाको शिक्षा तालिम केन्द्रमा भइरहेको मतगणनाको परिणामअनुसार जनमत पार्टीका शिवचन्द्र कुशवाहाले ११ सय ४६ मतसहित अग्रता कायमै राखेका छन्।
सत्ता गठबन्धनको साथ लिएर जसपाका उम्मेदवार यादव अहिले २९ मतले पछाडि छन्। उनले ताजा अवस्थामा ११ सय १७ मत ल्याएका छन्।
उता नेकपा एमालेका पुरुषोत्तम पौडेल ५३८ मतसहित तेस्रो स्थानमा छन्। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले २४४ मत ल्याएका छन्।
अर्काति प्रभु साह नेतृत्वको आमजनता पार्टीका अरुण ज्ञवालीले ११४ मत ल्याएका छन्।
त्यहाँ अहिले करैयामाई वडा नम्बर १, २ र ३ (मधुवन, सहजौली, गालोपट्टी, बजनी) को मत गनेर सकिएको छ। अब सुवर्ण-८ प्रशुरामपुरको मतपेटिका खुलेको छ। यो क्षेत्रमा जम्मा ६९ हजार १०७ मत खसेको छ।
Shares

प्रतिक्रिया