तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेको अग्रता झन् बढ्दै गएको छ।
त्यहाँका ११ भानु र आँबुखैरेनीका ११ वटा वडाको मत गनिसक्दा नेपाली कांग्रेसका गोविन्द भट्टराई र नेकपा एमालेका सर्वेन्द्र खनालकोभन्दा धेरै मत राष्ट्रिय स्वतन्त्र पार्टीका डा. स्वर्णिम वाग्लेले ल्याएका छन्।
सोमबार बिहान साढे ९ बजेसम्मको परिणामअनुसार त्यहाँ वाग्लेले कांग्रेसका गोविन्द र एमालेका खनालभन्दा २५ सय २९ मत धैरै ल्याएका छन्।
आइतवार राति गणना भएदेखि अग्रता बनाएका वाग्लेले पछिल्लो मतपरिणाम अनुसार ९ हजार २ सय २ मत ल्याएका छन्।
त्यहाँ उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका गोविन्द भट्टराईले ४ हजार २ सय १३ मत प्राप्त गरेका छन्। अहिले गोविन्दलाई स्वर्णिमले ४ हजार ९८९ मतले पछि पारेका छन्।
त्यस्तै, तेस्रोमा रहेका नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले २ हजार ४ सय ३० मत ल्याएका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार अहिलेसम्म त्यहाँ ११ वटा वडाको १६ हजार ३७२ मतगणना भइसकेको छ।
तनहुँ–१ मा आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ७५७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।
Shares
प्रतिक्रिया