ad ad

राजनीति


छानबिन गर्ने हो भने सबै नेता पालैपालो जेल जान्छन् : विप्लव

छानबिन गर्ने हो भने सबै नेता पालैपालो जेल जान्छन् : विप्लव

नेपालखबर
बैशाख १०, २०८० आइतबार १६:१२, काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले भ्रष्टाचार देशको समस्याको रुपमा रहेको बताएका छन्।

आइतबार शिक्षा पत्रकार समूहले आयोजना गरेको शिक्षा वहश कार्यक्रममा बोल्दै महासचिव विप्लवले देशका भ्रष्टाचारको समस्या रहेको बताएका हुन्। 

अहिले नेपालमा नेता बन्ने भनेकै पैसा कमाउन हो भन्नेखालको मानक बनेको बताए। उनले पार्टी संवद्ध ट्रेड युनियन वा संगठनका नेताहरु पनि पैसा कमाउने अभिलाषासहित नेतृत्वमा आउन चाहने गरेको बताए। 

महासचिव विप्लवले भ्रष्टाचारको छानविन गर्ने हो भने एकले अर्कोलाई आरोप लगाएर सबै जेल जाने पनि बतताए। 

‘मैले आरोप लगाएको होइन नेपालका मान्छेहरु यदी छानविन गर्ने हो भने एकले अर्कोलाई आरोप लगाएर सबै जेल जाँदैनन्? सबै जान्छन् नि पालोपालो। उसले उसलाई लगाउछ, उसले उसलाई लगाउँछ उहाँहरुको कुरा हो।’ उनले भने।

सत्तारुढ र सत्ताबाहिर बसेका सबै नेताहरुलाई अर्ब रुपैयाँ भन्दा कमको चार्ज नभएको उनको भनाई छ। 

‘०६४÷०६५ पछि म के देख्छु भने हरेक संगठनको दृष्टिकोण भनेको आर्थिकमा गएर जोडियो। विद्यार्थी संगठनको नेता अध्यक्ष बन्ने भनेको काठमाडौंमा घर हाल्न पाउने हो भनेको जस्तो बन्न गयो,’ उनले भने, ‘जो अहिले भर्खर लोकसेवाबाट कुनै अफिसरमा नाम निकाल्यो भनेपनि उसले भर्खर काठमाडौंमा घरको सपना देख्दैन। भविष्यमा चाहीँ देख्छ।’

पार्टीका संगठनहरु भ्रष्टाचारमा लिप्त हुनुमा पार्टीकै दोष भएको उनले बताए।

‘अहिले नेपालका प्रायजसो ट्रेड युनियनहरु या संगठनहरु के छन् भन्दाखेरी, त्यहाँ किन त्यत्रो प्रतिस्पर्धा हुन्छ भन्दाखेरी एउटा पाटो के छ भन्दाखेरी नेता बन्नु भनेको पैसा कमाउनु हो भन्ने टाइपको बन्यो। त्यो विद्यार्थीहरुको दोष होइन पार्टीको दोष हो,’ उनले भने, ‘विद्यार्थीहरुले त सिक्ने हो। नकारात्मक पनि सिक्ने हो। सकारात्मक पनि सिक्ने हो। सकारात्मक सिकेर बलिदानीतिर गएको भए त्यसरी नै विद्यार्थीहरु
तयार हुन्थे।’

महासचिव विप्लवले राजनीतिक क्षेत्रमा भ्रष्टिकरण हुनुले अन्य सबै क्षेत्रमा असर परेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .