ad ad

राजनीति


रविको लाइभबारे प्रमुख निर्वाचन आयुक्त भन्छन् : मतदानका बेला मतदाता प्रभावित गर्न पाइँदैन

रविको लाइभबारे प्रमुख निर्वाचन आयुक्त भन्छन् : मतदानका बेला मतदाता प्रभावित गर्न पाइँदैन

फाइल तस्बिर


नेपालखबर
बैशाख १०, २०८० आइतबार १३:५८, काठमाडौँ

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदान चलिरहेका समयमा कोही उम्मेदवारले पनि मतदातालाई प्रभावित पार्नेगरी सामाजिक सञ्जाल प्रयोग गर्न नपाइने बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फेसबुकमार्फत् लाइभ गरेको प्रति प्रतिक्रिया दिँदै आयुक्त थपलियाले त्यसो गर्न नपाउने बताएका हुन्।

‘कुनै पनि उम्मेदवारले मतदान प्रक्रिया चलिरहेका बेला सामाजिक सञ्जालमार्फत् प्रत्यक्ष प्रसारण गरेर आफ्ना मतमाग्न पाइदैँन,’ थपलियाले नेपालखबरसँग भने, ‘सामाजिक सञ्जाल प्रयोग गरिरहेको भए त्यो गलत हुन्छ। मतदाता प्रभावित गर्न पाइदैँन।’

सामाजिक सञ्जाल दुरुपयोगको नियन्त्रण गर्ने संयन्त्र आयोगसँग नभएको उनले बताएका छन्। 

चितवन २ मा पर्ने भरतपुर महानगरपालिका वडा नम्बर ११ मा आफै प्रत्यक्ष प्रशारण गर्न क्यामेरा लिएर गएपछि मतदातालेले रोक्न खोजेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .