राजनीति


राष्ट्रपति पौडेलको एम्स अस्पतालमा उपचार सुरु

राष्ट्रपति पौडेलको एम्स अस्पतालमा उपचार सुरु

नेपालखबर
बैशाख ६, २०८० बुधबार १३:४०, काठमाडौँ

भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा राष्ट्रपति रामचन्द्र पौडेलको उपचार शुरु भएको छ।

उनलाई बुधवार विहान श्रीएयरको एयर एम्बुलेन्समार्फत भारत लगिएको थियो। उनलाई अहिले अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा पुर्याइएर उपचार सुरु गरिएको छ।

नेपालमा उपचार गराउँदा उल्लेख्य सुधार नभएको भन्दै परिवारका सदस्यहरु र चिकित्सकहरुले थप उपचारका लागि भारत लैजान सुझाव दिएसँगै पौडेललाई भारत लगिएको हो।

राष्ट्रपति पौडेलको छातीमा संक्रमण देखिएको थियो।

राष्ट्रपति पौडेलसँग निजी चिकित्सक डा. निरज बम, परिवारका सदस्य र ७ जना चिकित्सकको टोली छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad