राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि आज भारतको दिल्ली लगिँदै छ।
शीतल निवास स्रोतका अनुसार महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत राष्ट्रपति पौडेललाई थप उपचारका लागि दिल्ली लगिने भएको हो।
‘दिल्लीको एम्स र टिचिङका चिकित्सकबीच सल्लाह हुँदा पहिले पनि उपचार गर्दै आएकाले उताबाट पठाउन भने। यताका डाक्टरले पनि जान भने’, शीतल निवास स्रोतले नेपालखबरसँग भन्यो, ‘श्री एयरको ९:३० (बिहान) को फ्लाइटमा लैजाने निर्णय भयो।’
राष्ट्रपति पौडेलको फोक्सोको तल्लो भागमा पानी जमेको, निमोनिया संक्रमण देखिएको बताइएको छ।
ग्यास्ट्रिकको समस्या देखिएपछि पाँच दिनअघि मात्र शिक्षण अस्पतालमा उपचारपछि निवास फर्किएका राष्ट्रपति पौडेल फलोअपका लागि सोमबार बिहान सोही अस्पताल पुगेका थिए।
57
Shares
प्रतिक्रिया