ad ad

राजनीति


एमाले अध्यक्ष ओलीसँग भाजपा विदेश विभाग प्रमुख चौथाइवालेको भेट

एमाले अध्यक्ष ओलीसँग भाजपा विदेश विभाग प्रमुख चौथाइवालेको भेट

नेपालखबर
बैशाख ६, २०८० बुधबार ८:५५, काठमाडौँ

नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले नेकपा एमालेले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेका छन्।

मंगलबार सुदूरपश्चिमको स्थलमार्ग हुँदै नेपाल आएका उनले काठमाडौं उत्रिएर सोझै राजनीतिक भेटघाट गरेका हुन्। उनी मंगलबार उत्तराखण्डबाट धनगढीमा सम्पन्न मानसखण्ड सम्मेलनमा सहभागी हुन नेपाल आएका थिए।

सुदूरपश्चिमबाट काठमाडौं आएलगत्तै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग पनि भेटघाट गरेका थिए।

सत्ता पक्षीय नेताहरूसँग भेटघाट गरेपछि उनी प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका थिए।

उनले मंगलबार अन्तिम राजनीतिक भेटका रूपमा काठमाडौंमा पूर्वप्रधानमन्त्री ओलीसँग भेट भएको ट्विटरमार्फत जानकारी दिएका छन्। उनले ओलीसँग नेपालको घतलाग्दा गहिरो राजनीतिलगायतको विषयमा छलफल भएको बताएका छन्।

उक्त भेटमा एमाले अध्यक्ष ओलीका सल्लाहकार विष्णु रिमाल पनि सहभागी थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .