ad ad

राजनीति


बारा २ मा बाबुरामले उपेन्द्रलाई नसघाउने

बारा २ मा बाबुरामले उपेन्द्रलाई नसघाउने

फाइल तस्बिर


नेपालखबर
बैशाख ५, २०८० मंगलबार १४:२०, काठमाडौँ

डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवलाई नसघाउने भएको छ।

एक वर्षअघि उपेन्द्र यादव नेतृत्वको जसपाबाटै छुट्टिएर नेसपा बनाएका भट्टराईले चितवन २ र तनहुँ १ मा भने कांग्रेसका उम्मेदवारहरु जीतनाराण श्रेष्ठ र गोविन्द भट्टराईलाई सघाउने निर्णय गरेका छन्। 

केन्द्रीय कार्यालय सुविधानगरमा मंगलबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले बारा २ मा सत्ता गठबन्धनका उम्मेदवार यादवलाई नसघाउने निर्णय गरेको एक नेताले बताए।

'हामीले चितवन २ र तनहुँ १ मा कांग्रेसलाई सघाउने निर्णय गरेका छौँ', उनले भने, 'बारा २ को हकमा हामी कसैलाई पनि नसघाउने निर्णयमा पुगेका छौँ।'

नेसपालाई तनहुँ र चितवनमा आफ्ना उम्मेदवारलाई सघाउन आग्रहसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पत्र पठाएका थिए। उक्त पत्रबारे छलफल गरेपछि नेसपाले दुई क्षेत्रमा कांग्रेसलाई सघाउने निर्णय लिएको हो। 

यादव नेतृत्वको जसपा र भट्टराई नेतृत्वको नेसपा सत्तारुढ ९ दलीय गठबन्धनमा छन्। यादवलाई लोकतान्त्रिक समाजवादीले सघाउने निर्णय गरेको छ। 

उता जनमत पार्टीले शिवचन्द्र कुशवाहालाई मैदानमा उतारेको छ। गठबन्धनमा रहेको प्रभु साह नेतृत्वको आमजनता पार्टीले अरुण ज्ञवालीलाई उम्मेदवार बनाएको छ। 

यसअघि नै सत्ता गठबन्धनले यादवलाई साझा उम्मेदवार बनाउने निर्णय गरेपछि कांग्रेस र एकीकृत समाजवादीका नेताहरु बारा २ मा उत्रिसकेका छन्।

तर गठबन्धनमै रहेका भट्टराईले बारा २ मा आफूलाई तटस्थ राखेर यादवलाई असहयोग गर्ने पक्षमा आफूलाई उभ्याएका हुन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .