ad ad

राजनीति


प्रधानमन्त्रीद्वारा काठमाडौँ–तराई/मधेस द्रुतमार्ग अवलोकन

प्रधानमन्त्रीद्वारा काठमाडौँ–तराई/मधेस द्रुतमार्ग अवलोकन

मंगलबार काठमाडौँ–तराई/मधेश द्रुर्तमार्ग अवलोकनका क्रममा प्रधानमन्त्री। तस्बिर : रासस


नेपालखबर
बैशाख ५, २०८० मंगलबार १३:४१, काठमाडौँ

निर्माणाधीन काठमाडौँ-तराई/मधेश द्रुर्तमार्गको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज अवलोकन गरेका छन्। 

राष्ट्रिय गौरवको सो परियोजना प्रधानमन्त्री प्रचण्डको दोस्रो कार्यकालमा नेपाली सेनालाई जिम्मेवारी दिइएको थियो।

हाल सो आयोजनाको निर्माण जारी छ।

प्रधानमन्त्री प्रचण्डलगायत नेपाल सरकारका उच्च अधिकारी सम्मिलित टोलीले निर्माण भइरहेका विभिन्न खण्डमा पुगी अवलोकन गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

सचिवालयका अनुसार प्रधानमन्त्री प्रचण्डको साथमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, भौतिक तथा यातायात व्यवस्था मन्त्री प्रकाश ज्वाला, अर्थमन्त्री डा. प्रकाशशरण महत, मुख्य सचिव शङ्करदास बैरागी, नेपाल सरकारका सचिव र नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालगायतको सहभागिता थियो। 

काठमाडौँलाई तराई/मधेशसँग जोड्ने सबैभन्दा छोटो दूरीको सो आयोजना नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको छ। रासस

अन्य तस्बिर प्रधानमन्त्रीको सचिवालयबाट।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .