ad ad

राजनीति


स्वास्थ्य परीक्षण गरेर निवास फर्किए राष्ट्रपति पौडेल

स्वास्थ्य परीक्षण गरेर निवास फर्किए राष्ट्रपति पौडेल

नेपालखबर
बैशाख ४, २०८० सोमबार १७:१०, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेल शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षण गराएर शीतल निवास फर्केका छन्। 

राष्ट्रपति रामचन्द्र पौडेललाई स्वास्थ्यमा केही समस्या देखिएपछि उपचारका लागि आज त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा लगिएको थियो। 

उपचारका क्रममा चिकित्सकहरूले बायाँ छातीको तल्लो भागबाट भिडियो एक्सरे (अल्ट्रा साउण्ड) को सहायताले परीक्षणका लागि पानी (प्लुरल फ्लुड) निकाली त्यसको परीक्षण गर्न दिएका उनको स्वकीय सचिवालयले जनाएको छ।

उपचारमा संलग्न चिकित्सकहरुका अनुसार पोडेलको स्वास्थ्य अवस्था हाल सामान्य रहेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .