राजनीति


चुनावअघिको गठबन्धनले कांग्रेसलाई घाटा भयो : पूर्वराष्ट्रपति यादव

चुनावअघिको गठबन्धनले कांग्रेसलाई घाटा भयो : पूर्वराष्ट्रपति यादव

फाइल तस्वीर


नेपालखबर
चैत ३०, २०७९ बिहिबार १९:११, काठमाडौँ

नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले चुनावअघिको गठबन्धनले नेपाली कांग्रेसलाई घाटा भएको बताएका छन्।

बिहीवार काठमाडौंमा ‘द आइरन म्यान’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रथम राष्ट्रपति यादवले चुनावपूर्वको गठबन्धनले नेपाली कांग्रेसलाई घाटा भएको बताएका हुन्।

उनले पार्टीहरुले आफ्नो आदर्श र सिद्धान्त जनतालाई भनेर जनताको मत लिनुपर्ने बताए। एकले अर्कालाई मत हाल्दा कांग्रेसका कार्यकर्ताहरु पछि पार्टीसँग जोडिएर जान नसक्नेमा उनले शंका व्यक्त गरे। 

उनले भने, ‘प्रिएलाइन्स गरेर गयो भनेर अहिले कति लोकतन्त्रवादीलाई घाटा भएको छ। खास गरेर कांग्रेसलाई घाटा भएको छ। हामी कांग्रेसी छैनौँ। म नै छैन अहिले।’

उनले नेपाली कांग्रेसले देशको अगुवाइ गर्न नसक्दा आफूलाई दर्द हुने पनि बताए। 

प्रथम राष्ट्रपति यादवले नेपाली कांग्रेसका पछिल्लो पुस्ता अध्ययनशील हुन नसकेको बताए।

उनले नेपाली कांग्रेसका नेताहरु बिपी कोईराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई लगायतका त्याग र योगदानको बारेमा पछिल्लो पुस्ताका कांग्रेसीहरुलाई प्रशिक्षित गर्नु आवश्यक रहेको बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad