राजनीति


नागरिकले सरकारबाट आशा र विश्वास गुमाइसके : गगन थापा

नागरिकले सरकारबाट आशा र विश्वास गुमाइसके : गगन थापा

नेपालखबर
चैत ३०, २०७९ बिहिबार १६:५५, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकहरु आफूले देखेको सपनाको मलामी जानुपर्ने अवस्था सिर्जना भएको बताएका छन्।

बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले अहिले नागरिकमा ठूलो छटपटाहट, दिग्दारी र आक्रोश देखिएको बताए। उनले मानिसहरुको मनमा सिर्जना भएको चञ्चलताको समाधान बेलैमा हुन नसके देशले झनै समस्या भोग्ने बताए।

महामन्त्री थापाले सपना बोकेर हुर्किरहेको कोही पनि नागरिकले आफ्नो सपनालाई मारेर हिँड्नुपर्ने अवस्था आएकोप्रति सरकार, राजनीतिक दलहरु गम्भीर बन्नुपर्ने बताए।

उनले कोही पनि मानिसलाई आफ्नो सपनाको मलामी जान मन नलाग्ने भन्दै सपनाको मलामी जानुपर्दा मान्छे दिग्दार, आक्रोशित र वाक्क हुने बताए।

उनले भने, ‘नागरिकमा ठूलो छटपटाहट छ। ठूलो एउटा दिग्दारी देखिन्छ। अझ एक खालले भन्ने हो भने एक किसिमको आक्रोश देखिन्छ। यो आक्रोश के को आक्रोश हो? संविधान नभएको बेलामा बरु मान्छेहरुमा एक खालको स्थिर मन थियो। अहिले मन यति चञ्चल छ। सपना हुन्छ नि मानिसमा। प्रत्येकको आफ्नो सपना हुन्छ। सपना बोकेर हुर्किरहेको हुन्छ। कसैलाई पनि आफ्नो सपनाको मलामी जान मन लाग्दैन। आफ्नो सपनाको मलामी जानुपर्यो भने मान्छे दिग्दार हुन्छ।’

नागरिकहरुमा अहिले अस्थिरता आउनु भनेको आफ्नै सपनाको मलामी जानुपर्ने अवस्था सिर्जना हुनु रहेको जिकिर गरे। महामन्त्री थापाले नागरिकले सरकारबाट आशा र विश्वास गुमाइसकेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .