ad ad

राजनीति


संयुक्त सरकारमा सोचेजस्तो काम भएन, कांग्रेसले नेतृत्व लिन सक्छ : देउवा

संयुक्त सरकारमा सोचेजस्तो काम भएन, कांग्रेसले नेतृत्व लिन सक्छ : देउवा

फाइल तस्बिर


नेपालखबर
चैत २८, २०७९ मंगलबार १९:४, काठमाडौँ

सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले फेरि आफ्नो पार्टीले सरकारको नेतृत्व लिने दाबी गरेका छन्। 

सभापति देउवाले अहिले कांग्रेस सरकारमा सहभागी भएको उल्लेख गर्दै फेरि नेतृत्व लिन सक्ने बताएका हुन्। 

मंगलबार काठमाडौंमा आयोजित पार्टीनिकट नेपाल शिक्षक संघको नवौँ संघीय महाधिवेशनमा बोल्दै उनले अहिले संयुक्त सरकार भएकाले पार्टीले सोचेअनुसार काम गर्न सक्ने अवस्था नभएको पनि स्पष्ट पारे।

सभापति देउवाले आफ्नो पार्टीले सोचेअनुसार काम गर्न बहुमत चाहिने भएकाले त्यसका लागि तयारी गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए। 

सभापति देउवाले संविधानअनुसार सरकार बनाउन आफ्नो पार्टीले गठबन्धन बनाएर अघि बढ्नु परेको पनि दोहोर्‍याए। 

‘आज हाम्रो पार्टी सरकारमा छ। भोलि सरकारको नेतृत्व गर्न सक्ने सम्भावना पनि छ। धेरै वर्ष सरकारको नेतृत्व गरेको पनि हो। तर अझै यो पार्टी एकदमै अहिलेको संविधानअनुसार कुनै पनि पार्टीले बहुमत प्राप्त गर्न सकेको छैन', उनले भने, 'तापनि भोलि हामी सबै लागेर कांग्रेसलाई बहुमत ल्याउनेतिर सबै लाग्यौँ भने, यसमा शिक्षक संघको पनि योगदान हुँदा हाम्रो पार्टीले बहुमत नै ल्याउन सक्ने सम्भावना छ।'

अहिले संयुक्त सरकार भएकाले काम गर्न समस्या भएको बताए। 'हुन त अहिलेको संविधान अनुसार गठबन्धन अति आवश्यक छ। गठबन्धन नभई सरकार बन्दै बन्दैन', उनले भने, 'गठबन्धन सरकारमा हामी सहभागी भएका छौँ। त्यसले हाम्रो पार्टीलाई एउटा बल पुर्‍याएको छ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .