राजनीति


प्रगतिशील पत्रकार संघको अध्यक्षमा श्यामलाल पोख्रेल

प्रगतिशील पत्रकार संघको अध्यक्षमा श्यामलाल पोख्रेल

नेपालखबर
चैत २५, २०७९ शनिबार १९:२, काठमाडौँ

प्रगतिशील पत्रकार संघको अध्यक्षमा श्यामलाल पोख्रेल चयन भएका छन्। बुटवलमा शुक्रबारदेखि भएको पहिलो राष्ट्रिय सम्मेलनले पोख्रेलको अध्यक्षतामा २३ पूर्ण र ८ वैकल्पिक गरी ३१ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ।

यस्तै, आठ जनालाई सल्लाहकार चयन गरिएको छ। 

संघको उपाध्यक्षमा विनोद पौडेल, महासचिव प्रकाश थापामगर सचिव ताराप्रसाद शर्मा र गोपाल प्रसाद भट्टराई तथा कोषाध्यक्षमा प्रज्ववल पहाडी चयन भएका छन्।

सम्मेलनले संगठनको प्रतिवेदन, घोषणापत्र, विशेष प्रस्ताव र आर्थिक प्रतिवेदन पारित गर्नुका साथै विधान संशोधन गरेको छ।

सम्मेलनको उद्घाटन राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गरेका थिए। 

सम्मेलनका क्रममा संस्थापक तीन जना सदस्यहरु सुमन अधिकारी, जीवन शाही र जगदीश ढकाललाई सम्मान गरिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad