ad ad

राजनीति


कांग्रेसको निर्णय : उपेन्द्र यादवविरुद्ध बोल्ने-लेख्ने कार्यकर्तालाई कारबाही

कांग्रेसको निर्णय : उपेन्द्र यादवविरुद्ध बोल्ने-लेख्ने कार्यकर्तालाई कारबाही

फाइल तस्बिर


नेपालखबर
चैत २४, २०७९ शुक्रबार १९:२४, काठमाडौँ

नेपाली कांग्रेसले जनता समाजवादी पार्टीका अध्यक्ष एवम् बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनका उम्मेदवार उपेन्द्र यादविरुद्ध बोल्ने लेख्ने कार्कर्तालाई कारबाही गर्ने भएको छ।

नेपाली कांग्रेससहित सत्ता गठबन्धनबाट साझा उम्मेदवार यादवलाई सघाएको भन्दै कार्यकर्तामाझ असन्तुष्टि बढिरहेका बेला जिल्ला कार्य समितिले यो निर्णय गरेको हो। 

कांग्रेस जिल्ला कार्यसमिति बाराका सचिवद्वय भैयराम यादव र राजेश रौनियारले विज्ञप्ति निकालेर यस्तो निर्णय भएको सुनाएका हुन्। 

उनीहरुले जिल्ला कार्य समितिको तर्फबाट सार्वजनिक विज्ञप्तिको दोस्रो नम्बरको निर्णयमा यादवबारे उल्लेख गरिएको छ।

जसमा यादवविरुद्ध सामाजिक सञ्जाल, फोन कल तथा सार्वजनिक अभिव्यक्ति जस्ता कुनै पनि अभिव्यक्ति दिनेलाई पार्टी विधानअनुसार कारबाही गरिने भनिएको छ।

'प्रस्ताव नम्वर २ माथि छलफल गर्दा गठबन्धन दल तथा गठवन्धनका उम्मेदरवार उपेन्द्र यादवविरुद्ध समाजिक सञ्जाल, फोन कल, तथा सार्वजनिक अभिव्यक्ति जस्ता कुनै पनि गतिविधि गर्ने जोसुकैलाई पनि पार्टीको विधान र नियमावली बमोजिम कारवाहीका लागि प्रदेश कार्य समितिमार्फत केन्द्रीय अनुशासन समितिमा लेखि पठाउने निर्णय गरियो', कांग्रेसले निर्णयमा भनेको छ। 

बैठकको प्रस्ताव नम्बर १ मा गठबन्धनका तर्फबाट यादवलाई जिताउन कांग्रेसका टोल, वडा, पालिका, प्रदेश निर्वाचन क्षेत्र तथा संघीय निर्वाचन क्षेत्र, माहअधिवेशन प्रतिनिधि, माहासमिति सदस्य, भातृ तथा शुभेक्क्षुक संघ संस्था तथा पार्टीप्रति समर्पितहरुलाई परिचालन गर्ने गराउने निर्णय पनि गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .