ad ad

राजनीति


प्रचण्डमाथि धोका आरोप लगाएका प्रभु साह पनि सँगै मञ्चमा देखिए

प्रचण्डमाथि धोका आरोप लगाएका प्रभु साह पनि सँगै मञ्चमा देखिए

साझा कार्यक्रम सार्वजनिक गर्दा मञ्चमा देखिएका गठबन्धनका नेता। तस्बिर : प्रधानमन्त्रीको सचिवालय


नेपालखबर
चैत २३, २०७९ बिहिबार १८:१४, काठमाडौँ

गत चैत १७ गते मन्त्रिपरिषद् पुनर्गठनका क्रममा आफूलाई नसमेटेपछि आमजनता पार्टीका अध्यक्ष प्रभु साह प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग रिसाएका थिए। 

उनले त्यसबेला पार्टी प्रवक्तामार्फत आफूलाई प्रचण्डबाट धोका भएको प्रतिक्रिया दिएका थिए। 

आमजनताका प्रवक्ता चन्द्रभूषण साहले सरकार विस्तारबारे १० दलीय सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री प्रचण्डले मन्त्रालय दिने भनेर गरेको आफ्नै वाचा तोडेको बताएका थिए। 

'प्रचण्ड आफैँले आमजनतालाई एउटा मन्त्रालय दिएर सरकारमा सहभागी गराउने भन्नु भएको थियो', साहले  भनेका थिए, 'उहाँले नै सरकारमा जाने प्रस्ताव ल्याएकाले हामीले निर्णय गरेका थियौँ। तर प्रचण्डले उक्त निर्णय उल्ट्याएर हाम्रो पार्टीको अपमान गरे।'

गठबन्धनको बैठकमा स्वयम् प्रचण्ड गरेको वाचा तोडेर राजनीतिक बेइमानी गरेको साहले बताएका थिए। 

'गठबन्धनको बैठकमा प्रधानमन्त्रीज्यूले मन्त्रालय बाँडफाँटका लागि आमजनता पार्टीलाई भाग छुट्याउने प्रस्ताव, निर्णय र प्रचार पनि गर्नु भएको हो', उनले भनेका थिए, 'तर सरकार पुनर्गठन गर्दा आमजनतालाई सहभागी नगराउनु हामीप्रति अपमानजनक धोका हो।'

तर प्रचण्डमाथि धोका आरोप लगाएका उनै प्रभु साह बिहीबार नौ दलीय गठबन्धन सरकारको न्यूनतम् साझा कार्यक्रम सार्वजनिक हुँदा मञ्चमा देखिए। 

अन्य दलका शीर्ष नेताहरुसँगै मन्त्री नपाएर असन्तुष्ट आमजनता पार्टीका अध्यक्ष साह पनि कार्यक्रमको मञ्चमा देखिएका हुन्। 

सुरुमा रिसाएका साहलाई प्रचण्डले अब मन्त्रिपरिषद् विस्तार हुँदा समेट्ने आश्वासन दिएको स्रोतले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .