ad ad

राजनीति


प्रभु साहलाई मन्त्री नबनाएपछि आमजनता पार्टीले भन्यो : प्रचण्डले धोका दिए

प्रभु साहलाई मन्त्री नबनाएपछि आमजनता पार्टीले भन्यो : प्रचण्डले धोका दिए

फाइल तस्बिर


नेपालखबर
चैत १७, २०७९ शुक्रबार १६:१७, काठमाडौँ

शुक्रबार पुनर्गठन भएको मन्त्रिपरिषद्मा अध्यक्ष प्रभु साह नसमेटिएपछि आमजनता पार्टीले प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट धोका भएको प्रतिक्रिया दिएको छ।

प्रधानमन्त्री प्रचण्डले आफ्नो पार्टीलाई धोका दिएर अपमान गरेको प्रतिक्रिया साह नेतृत्वको आमजनता पार्टीले दिएको हो।

आमजनताका प्रवक्ता चन्द्रभूषण साहले सरकार विस्तारबारे १० दलीय सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री प्रचण्डले मन्त्रालय दिने भनेर गरेको आफ्नै वाचा तोडेको बताए। 

'प्रचण्ड आफैँले आमजनतालाई एउटा मन्त्रालय दिएर सरकारमा सहभागी गराउने भन्नु भएको थियो', साहले  भने, 'उहाँले नै सरकारमा जाने प्रस्ताव ल्याएकाले हामीले निर्णय गरेका थियौँ। तर प्रचण्डले उक्त निर्णय उल्ट्याएर हाम्रो पार्टीको अपमान गरे।'

गठबन्धनको बैठकमा स्वयम् प्रचण्ड गरेको वाचा तोडेर राजनीतिक बेइमानी गरेको साहले बताएका छन्।

'गठबन्धनको बैठकमा प्रधानमन्त्रीज्यूले मन्त्रालय बाँडफाँटका लागि आमजनता पार्टीलाई भाग छुट्याउने प्रस्ताव, निर्णय र प्रचार पनि गर्नु भएको हो', उनले भने, 'तर सरकार पुनर्गठन गर्दा आमजनतालाई सहभागी नगराउनु हामीप्रति अपमानजनक धोका हो।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .