चितवन कांग्रेसका पुराना नेता जगन्नाथ पौडेलले चितवन–२ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सघाउने घोषणा गरेका छन्।
पौडेलले आफ्नो समूहको समर्थन रविलाई गरेको बताए। ‘रविजीलाई उपनिर्वाचनमा समर्थन गरेका छौँ,’ पौडेलले भने, अब हामी हाम्रो समूह चुनावमा खटिन्छौँ।’
साथै उनले रास्वपा क्रियाशील हुने संकेत पनि गरे।
‘मैले कांग्रेसमा मेरो जवानी र लामो समय गुमाए,’ तर, मेरो क्षमता, योग्यतालाई पार्टीले अपमान गर्यो, मलाई कारवाही गर्यो, मेरो विगतका सबै योगदान शून्यको स्थितिमा पुर्यायो, मलाई थन्क्यायो,’ पौडेलले थपे, ‘अब परिवर्तनका लागि मेरो शक्ति, क्षमता र खाँचो रास्वपाले देख्यो, उहाँहरुले मेरो आवश्यक रहेको बताउनुभयो।’
अहिले चुनावको लागि समर्थन गरेपनि भविष्यमा नयाँ यात्रा तय हुने उनले बताए।
उनले नेपाली कांग्रेसले भरतपुर महानगरको चुनावमा टिकट नदिएको भन्दै असन्तुष्ट भएर बागी उम्मेदवारी दिएका थिए।
तर, पराजित भएका थिए। यस्तै ४ मंसिरमा सम्पन्न प्रतिनिधि सभाको चुनावमा पनि स्वतन्त्र उठेका थिए ।
सो क्षेत्रबाट निर्वाचित रास्वपा सभापति रवि लामिछाने नागरिकता प्रकरणले पद गुमाएपछि उपनिर्वाचन हुन लागेको हो।
लामिछानेले चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा उम्मेदवारी दर्ता गराएका छन्।
१० वैशाखमा चुनावको मिति तोकिएको छ। लामिछानेले उम्मेदवारी दर्ता गराइसकेका छन्। यहाँ कांग्रेसबाट जित नारायण श्रेष्ठ र एमालेबाट रामप्रसाद न्यौपानेले उम्मेदवाी दर्ता गराउँदैछन्।
Shares

प्रतिक्रिया