ad ad

राजनीति


मन्त्रीको नाम टुंगो लगाउन जसपा कार्यकारिणी समितिको बैठक बस्दै

मन्त्रीको नाम टुंगो लगाउन जसपा कार्यकारिणी समितिको बैठक बस्दै

नेपालखबर
चैत १६, २०७९ बिहिबार १०:५४, काठमाडौँ

जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै छ। नयाँ मन्त्रीहरूको नाम टुंगो लगाउनका लागि पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बैठक बस्न लागिएको हो। 

पार्टीका नेता रकम चेम्जोङका अनुसार पार्टी बैठकबाट नयाँ मन्त्रीहरूको नामावली टुंगो लगाउने तयारी छ। 

सत्ता गठबन्धनमा जसपाले २ मन्त्रालय लिने समझदारी बनेको छ। स्रोतका अनुसार जसपाले शहरी विकास मन्त्रालय पाउने छ। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै मन्त्रिपरिषद् विस्तारको तयारी अघि बढाएका छन्। बिहान सत्ता गठबन्धनका नेताहरूसँग छलफल गरेर प्रधानमन्त्री प्रचण्ड अहिले चितवन गएका हुन्। 

प्रचण्ड चितवनबाट फर्किएलगत्तै सत्ता गठबन्धनका दलबाट आएका नाम फाइनल गरेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी प्रचण्डले गरेको सचिवालय स्रोतले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .