ad ad

राजनीति


समाजवादीको सचिवालय बैठक, सरकारमा जाने निर्णय लिन सक्ने

समाजवादीको सचिवालय बैठक, सरकारमा जाने निर्णय लिन सक्ने

आलोकनगरमा एकीकृत समाजवादीको बैठक


नेपालखबर
चैत ७, २०७९ मंगलबार १२:४२, काठमाडौँ

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक पार्टी मुख्यालय आलोकनगरमा बसिरहेको छ।

मंगलबार मध्याह्न १२ बजेदेखि बैठक सुरु भएको हो। अध्यक्ष माधव कुमार नेपालको अध्यक्षतामा बैठक बसेको हो। 

बैठकमा सम्मानित नेता झलनाथ खनाल, उपाध्यक्षहरु राजेन्द्रप्रसाद पाण्डे, केशवलाल श्रेष्ठ, जयन्ती राई, डा. बेदुराम भुसाल, महासचिव घनश्याम भुसाल, उपमहासचिव गंगालाल तुलाधर र प्रवक्ता जगन्नाथ खतिवडा सहभागी छन्।

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको समाजवादीले सरकारमा जाने तयारी गरेको हो। 

प्रचण्डलाई विश्वासको मत दिइसकेकाले आजको बैठकबाट सरकारमा जाने निर्णय लिने  तयारी छ। 

समाजवादीले कम्तीमा तीनवटा मन्त्रालयमा दाबी गरेको छ। समाजवादी उपाध्यक्ष राजेन्द्र पाण्डेले यसअघि नै यसपटक आफूहरुले रोजेको मन्त्रालय लिएर सरकारमा जाने बताइसकेका छन्। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .