राजनीति


सरकारलाई समर्थन गर्दै केसीले भने : पहिलो र दोस्रो पार्टीले नेतृत्व लिन नसक्नु सर्मनाक

सरकारलाई समर्थन गर्दै केसीले भने : पहिलो र दोस्रो पार्टीले नेतृत्व लिन नसक्नु सर्मनाक

नेपालखबर
चैत ६, २०७९ सोमबार १६:४३, काठमाडौँ

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकार बनाउने र भत्काउने खेलले देशको समृद्धि हुन नसक्ने बताएका छन्।

सोमवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले संसदीय प्रणालीलाई स्वीकार गर्दै जाँदा अहिले यही प्रणाली चलाउन नै नसक्ने भएको बताए।

उनले भने, ‘२ महिना अघि सबैले विश्वासको मत दिने हुटहुटी थियो। आज फेरि यस्तै छ। यसमा हामीलाई जनताले के भन्ने हुन्? अचम्म लागेको छ। हाम्रो निर्वाचन प्रणालीले कसैको पनि बहुमत आउने स्थिति देखिँदैन। सरकार भत्काउने, बनाउने देखिएको छ। अब पनि यही हो। संसदीय प्रणालीलाई स्वीकार गरेका छौँ तर चलाउनै नसक्ने भयौँ।’

उनले सरकार संसदको ठूलो पार्टी र ठूलो पार्टीले नसके दोस्रो ठूलो पार्टीले सरकार बनाउनुपर्नेमा तेस्रो पार्टीलाई बोकेर हिँड्नु शर्मनाक रहेको बताए। सरकार बनाउने र गिराउने खेती भइरहेको भन्दै लोकतन्त्र र गणतन्त्र जोगिन नसक्ने स्पष्ट पारे। 

उनले भने, ‘संसदभित्र भएको ठूलो पार्टीले सरकार बनाउनुपर्ने हो की होइन, पहिलोले नसकेपछि दोस्रो पार्टीले बनाउने होइन, तर तेस्रो पार्टीलाई समात्दै हिँड्ने? जनतालाई के भन्नुहुन्छ? हाम्रो लडाईं यसपछि यो यसपछि यसको सरकार बनाउने र गिराउने भन्ने खेती भएको छ। यसबाट लोकतन्त्र र गणतन्त्र जोगिन्छ? जनतालाई आश्वासन दिलाउन सक्नुहुन्छ? महंगी कस्तो छ? यतातिर सोच्नुपर्दैन?’ 

अध्यक्ष केसीले सत्ता र स्वार्थका लागि मात्रै लड्न नहुने बताए। आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने पनि स्पष्ट पारे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .