राजनीति


प्रधानमन्त्री प्रचण्डले जनताको विश्वास गुमाइसकेका छन् : मोहन वैद्य

प्रधानमन्त्री प्रचण्डले जनताको विश्वास गुमाइसकेका छन् : मोहन वैद्य

नेपालखबर
चैत ५ , काठमाडौँ

नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको विश्वास गुमाइसकेको दाबी गरेका छन्।

राजनीतिमा विचित्रको ‘लीला’ देखाउन थालेकाले प्रधानमन्त्री प्रचण्डलाई नेपाली जनताले अब विश्वास गर्ने ठाउँ नरहेको उनको जिकीर थियो। 

इच्छुक सांस्कृतिक प्रतिष्ठानले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महासचिव वैद्यले ओलीलाई खत्तम पार्छू भनेर लाग्ने, फेरि ओलीको शरणमा परेर सरकार बनाउने तर टिकाउन नसकेर प्रधानमन्त्री प्रचण्डले जनतामा केही हुन्छ कि भन्ने विश्वासलाई पनि ध्वस्त पारिदिएको आरोप लगाए।

उनले कार्यपालिका, न्यायपालिका, व्यवस्थापिकालगायतका सत्ता र त्यसका अवयवहरु ‘मरेको लास’जस्तै अवस्थामा पुगेको उल्लेख गर्दै नयाँ राज्य सत्ता निर्माणका लागि तयार रहन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए। 

उनले भने, ‘यो सत्ता र यसका अवयवहरुलाई पूरै फ्याँक्नु पर्छ। कार्यपालिका पनि असफल, न्यायपालिका पनि असफल, व्यवस्थापिका पनि असफल भएको देख्यौ नि हामीले। सबै असफल छन्। कांग्रेस त असफल नै हो। पुरानो सत्ता र व्यवस्थालाई चलाउन भनेर कम्युनिष्ट आन्दोलनको नेताहरु भनाैं कि गद्दारहरु भनौं। थाम्न भनेर गए। त्यो पुरानो व्यवस्थालाई काँध थाप्न थाले। काँध थापेर के गर्ने त्यो गनाएर बसेको लास जस्तैलाई काँध थापेर के गर्ने? सक्ने अवस्थामा छैन अब त्यो काँध थापेर।’ 

उनले थपे, ‘चुनावमा जाने बेलामा गठबन्धन बनाए। प्रतिगमनका विरुद्ध जाने हो। संविधानको रक्षा गर्ने हो, ओलीले खत्तम पारे भनेर कांग्रेस–माओवादी केन्द्रहरु एकदम कुर्लिएर गए हेर्नुस्। अब सरकार बनाउने बेलामा त छैन। सरकार बनाउने बेलामा त जसका विरुद्ध गएका थिए, त्यसैसँग शरण परेर सरकार बनाउने ल हेर्नुस् अब। यहाँ भन्दा विचित्र के हुन्छ? त्यो सरकार त टिकाउनुपर्ने हो नि त फेरि। एमालेसँग बसेर। त्यो पनि टिकाउन नसकेर फेरि फर्केर कांग्रेसतिर। ल हर्नुस्। राजनीतिक विचित्रता भन्ने कि के भन्ने यो। राजनीतिमा लीला भइसक्यो भन्नुस्। यस्तो चालले अब चल्नेवाला छैन। जनताले विश्वास पनि अब गर्नेवाला छैनन्।’

चैत ५, २०७९, आइतबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.