राष्ट्रपति रामचन्द्र पौडेलको परराष्ट्र मामिला सल्लाहकारमा डा. सुरेशचन्द्र चालिसे नियुक्त भएका छन्।
शीतल निवासका अनुसार राष्ट्रपतिको निजी सचिवमा चिरञ्जीवी अधिकारीलाई नियुक्त गरिएको छ।
चालिसेले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका परराष्ट्र सल्लाहकारका रुपमा काम गरिसकेका छन्।
त्यससँगै उनीसँग अमेरिका र बेलायतमा नेपाली राजदूतका रुपमा काम गरेको पनि अनुभव छ।
चालिसे ग्रासरुट्स फिप्लोम्याट अवार्ड लण्डन २०१३ बाट सम्मानित पनि भएका थिए।
261
Shares

प्रतिक्रिया