ad ad

राजनीति


२० करोड जरिवाना र ९ वर्ष जेल तोकेका पूर्वमन्त्री न्यौपाने भन्छन् : मेरो राजनीति सिद्याउने काम भयो

२० करोड जरिवाना र ९ वर्ष जेल तोकेका पूर्वमन्त्री न्यौपाने भन्छन् : मेरो राजनीति सिद्याउने काम भयो

फाइल तस्बिर


नेपालखबर
फागुन ३०, २०७९ मंगलबार १५:२७, काठमाडौँ

पूर्वमन्त्री बद्री न्यौपानेले विशेष अदालतको फैसला पूर्वाग्रही रहेको आरोप लगाएका छन्। 

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पूर्वमन्त्री न्यौपानेले यस्तो बताएका हुन्। 

भृकुटीमण्डप फनपार्कको जग्गा भाडामा दिँदा भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतबाट ९ वर्ष ६ महिना कैद सजाय सुनाइएका न्यौपानेले आफ्नो राजनीति सिध्याउन बाह्य र भित्री शक्ति मिलेर पूर्वाग्रही फैसला गरिएको बताए।

उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाग्रहसहित मुद्दा चलाएकाले एकै व्यक्तिलाई ३ वटा सजायसँगै बिगो २० करोड जरिवाना, ९ वर्ष ६ महिना कैद विशेष अदालतले सुनाएको बताए।

उनले समाज कल्याण परिषद्ले कार्यसमितिबाट निर्णय गरेर जग्गा भाडामा लगाउने गरे पनि आफूले फुल बोर्डको बैठक राखेको सुनाए। 

त्यसपछि मात्रै मन्त्रिपरिषद्मा समेत प्रस्ताव लगेको दाबी उनले गरे। पूर्वमन्त्री न्यौपानेले भाडामा लगाउने निर्णय प्रक्रियामा सहभागी ५ जना उपसचिवलाई सफाइ दिएको अवस्थामा आफूलाई ९ वर्ष ६ महिना कैदको फैसला गर्नु पूर्वाग्रही भएको जिकिर गरे।

पूर्वमन्त्री न्यौपानेले आफ्नो देशभर कतै जग्गा र बैंक ब्यालेन्स पनि नरहेकाले अदालतको जरिवाना तिर्न नसक्ने बताए।

उनले आफूमाथि लागेका तीन सजाय निराधार र तथ्यहीन रहेको जिकिर गरे। ‘विशेष अदालतले मलाई न्याय दिन्छ भन्ने लागेको थियो। थुनछेक बहसमा साधारण तारिखमा २ लाखसम्ममा छोड्ने भनेको थियो। आजसम्म विशेष अदालतले एकै व्यक्तिलाई ३ वटा सजाय बिगो २० करोड जरिबाना ९ वर्ष ६ महिना कैदसहित पूर्वाग्रही ढंगले विशेष अदालतले निर्णय गरेको छ', उनले भने, 'मेरो राजनीति मार्ने, ड्यामेज गर्ने किसिमले फैसला आएको छ। देशभरमा कुनै जग्गा छैन, आजसम्म बैंकमा ब्यालेन्स छैन, म मेरो गाउँमा भाइको शरणार्थीका रुपमा बसेको छु । भाडामा बस्छु अझै म, भाडा तिर्न सकेको छैन।'

पूर्वमन्त्री न्यौपानेले कार्यसमिति सहितको निर्णयबाट भाडामा लगाउँदा परिषद्लाई नोक्सानी र आफूलाई फाइदा हुनसक्ने अवस्था कतैबाट पनि विशेष अदालतले पुष्टि गर्न नसक्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .